ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ माघ ७, शुक्रबार
गृहपृष्ठ अतिरिक्त संकटपुर्ण घडीमा माहाकाली नगरपालिकाका मेयर घर दैलोमा

संकटपुर्ण घडीमा माहाकाली नगरपालिकाका मेयर घर दैलोमा

दोधारा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण (कोभिड–१९) को सन्त्रास एवम् लकडाउनले सर्वसधारण पीडित भईरहेका छन् । कोरोना भाइरसको सन्त्रास तथा देशमा लकडाउनको संवेदनशील एवं संकटपुर्ण समयमा माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार नगरका स्थानियहरु संग भेट तथा समस्याहरु बुझ्न ब्यस्त देखिन थालेका छन् । माहाकाली नगरपालिकाका बिपन्न बस्तीमा पुगेर उनिहरुको स्वास्थ्य अवस्था तथा खानपिनको बारेमा जानकारी लिन थालेका छन् ।

माहाकाली नगरपालिका कार्यालयले बितरण गर्दै आएको मास्क, सेनिटाइजर तथा साबुन गाँउ बस्तीमा पुगे नपुगेको बारेमा समेत जानकारी लिएका छन् । बिगत केही दिन देखी नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत तथा लेखा फाँटका कर्मचारी काठमाण्र्डौमै लकडाउनको कारण रहदै आएको बेला माहाकाली नगरपालिका नगर प्रमुखको पहलले स्थानियहरुलाई यस्तो बिकराल परिस्थितीमा कोरोना भाइरसबाट बच्न तथा लकडाउनले ज्याला मजुरी गर्नेहरुलाई समस्यालाई माधान गर्न बिभिन्न योजना अघि सारेका छन् । लकडाउनको अवस्थालाई मध्यनजर राख्दै चाडै नगरका बिपन्न समुदायहरुलाई खाद्यान्न बितरण गर्ने चाँजो पाँजो मिलाउदै गरेको नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् । नगरका झण्डै ३ हजार भन्दा बढी बिपन्न भनिएका बर्गहरुलाई खाद्यान्न बितरण गर्ने तयारीमा माहाकाली नगरपालिकाका जनप्रतिनिधीहरु जुटेका छन् । कतिपय बस्तीमा सर्वसधारण गरिव तथा ज्यालादारीमा मजदुरी गर्ने पीडितहरु राहतको पर्खाईमा रहेको माहाकाली नगरपालिकाका नगर प्रमुखलाई स्थानियहरुले समस्या राखेका छन् । नगर प्रमुखले आगामी केही दिन भित्र बिपन्न बर्गका परिवारलाई खाद्यान्न बितरण गर्ने तयारी भईरहेको उनिहरुलाई बताएका छन् । झण्डै ३ सय ५० कुन्टल चामल, ५० कुन्टल दाल, तेल, नुन लगाएत खाद्यान्न धनगडीबाट ढुवानी गरि ल्याउनु पर्ने हुदा केही समय लागेको नगर प्रमुखले बताएका छन् । कोरोना भाइरसको संत्रास तथा लकडाउनको बेला घरमै बस्न तथा हिडडुल नगर्न माहाकालीका नगर प्रमुखले सर्वसाधरणलाई सहयोग गर्न उनीहरुको घरदैलोमै पुगिरहेको उनले बताए । कोरोना भाइरसको संत्रास तथा लकडाउनको संवेदनशील एवम् संकटपुर्ण समयमा सबै संयमित भएर बस्न आग्रह गरिएको छ् । नगर प्रमुखले सरकारले गरेको लकडाउनको पुर्ण पालना गर्न समेत सबैलाई आग्रह गरेका छन् ।

ताजा समाचार

कञ्चनपुर प्रहरीको लापर्बाहीः दलितका समस्या टेर्नै मान्दैन प्रहरी प्रशासन

महेन्द्रनगर । गाडीले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै...

कञ्चनपुर प्रहरीको लापरवाहि दलितको समस्यालाई फिटिक्कै टेरदैन प्रहरी

महेन्द्रनगर । गाडिले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै...

दोधारा चाँदनीका गरिब तथा बिपन्नहरुलाई मतदाता परिचय पत्र बनाउन सघाउदै सामाजसेवी भिम कुमाल

दोधारा । सामाजसेवी तथा नेकपा माओबादीका नेता भिम कुमालले मतदाता परिचय पत्र बनाउन जिल्ला जाने गरिब तथा बिपन्न स्थानियहरुलाई मतदाता परिचय पत्र बनाउन सहयोग...

दोधारा चाँदनीमा नेपाल–भारत सिमा क्षेत्रमा सयुक्त गस्ती : कोरोना संक्रमण रोक्न एकजुट

दोधारा । दुवै देशको सिमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा...