ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७८ माघ ७, शुक्रबार
गृहपृष्ठ समाज कोरोना संक्रमण नियन्त्रणका लागि कञ्चनपुरको सीमा क्षेत्रमा सशस्त्र प्रहरी हाईअलट

कोरोना संक्रमण नियन्त्रणका लागि कञ्चनपुरको सीमा क्षेत्रमा सशस्त्र प्रहरी हाईअलट

महेन्द्रनगर । चीनको बुहान शहरबाट फैलिएको कोरोना भाईरस (कोडिभ–१९ले विश्वको शक्तिशाली अमेरिका लगायतका मुलुकमा महामारी निम्त्याएको छ । एसियाका चिन, भारत र नेपालमा समेत कोरोनाको संक्रमण छ । कोरोना संक्रमण न्यूनिरणका लागि सरकारले लकडान गरेको छ ।

लकडान गरेपछि भारतबाट नेपाली नेपाल प्रवेसका दुई नेपालमा कोरोनाको संक्रमण भएको पृष्टीभएपछि सुदूरपश्चिम प्रदेश तराईका कैलाली कञ्चनपुरका सीमा नाकामा सशस्त्र प्रहरीलाई हाईअलटमा राखिएको छ ।
भारतबाट फर्किएका सुदूरपश्चिमका दुई नेपालीमा कोरनाको संक्रमण पृष्टीभएपछि कैलाली–कञ्चनपुरको सीमा क्षेत्रमा कडाई गरिएको छ ।

१४ चैत्र टनकपुर भएर ब्रम्हदेब नाकाबाट भित्रिएका बेदकोट नगरपालिका १० चटहरीका ४१ बर्षिया युवक र ११ चैत्र गौरीफन्टा नाका भएर त्रिनगरबाट नेपाल प्रवेस गरेका कैलाली लम्कीचुहा नगरपालिका २१ बर्षिया युवकमा कोरोना पृष्टीभएपछि कैलाली कञ्चनपुरका नाकामा थप कडाई गरिएको हो । भारतसंग जोडिएको कञ्चनपुरको १२९.५ किलोमिटर दुरीको सीमा क्षेत्रमा थप कडाई गरिएको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले भारतसंग सीमा क्षेत्रका कञ्चनपुरका पाँच स्थानीय तह(भीमदत्त, महाकाली, बेलडाँडी, बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रमा उच्च सुरक्षा सर्तकता अपनाएको छ । यस अघि ब्रम्हदेब, दोधारा, बेलडाँडी, बेलौरी, पुर्नवासको आनन्द बजार र विचफाँटा बोडर आउट पोष्ट रहित थप अस्थायी पोष्ट र सशस्त्र प्रहरीले जनशक्ति परिचालन गरेको छ । पाँच दिन अघि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा २२० थप जनशक्ति परिचालन गरेर कडाई गरेको सशस्त्र प्रहरी बल ३५ नम्बर गणले जनाएको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बीरसिह शाहुले सीमा क्षेत्रमा कुनैपनि मानिसको आवत जावत पुर्ण बन्द गर्नका लागि थप जनशक्ति परिचालन गरिएको बताए । ‘हामीले सीमा क्षेत्रमा उच्च सर्तकता अपनाएका छौँ, ‘सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘हरेक नाकामा २४ सै घण्टा सशस्त्र परिचालन गरेका छौँ ।’ भारतबाट फर्किनेमा कोरोनाको संक्रमण देखिएकाले सशस्त्र प्रहरीले थप जनशक्ति परिचान गरेरै भएपनि सीमा क्षेत्र सिल गरेको बताए । ‘सीमा क्षेत्रबाट मानिस त परै जावसो, एउटा जिव प्राणीमा पनि आउन जान दिएका छैनौँ, ‘शसस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘सातादेखि कोहीपनि भारतबाट नेपाल प्रवेस गरेका छैनन्, हामीले गर्न दिने कुरै भएन् ।’

सीमा क्षेत्रमा सशस्त्र प्रहरीले हाईअलट बसेको बताउदै उनले खुला सीमा पुरै सिल भएको बताए । कञ्चनपुरमा कोरोना संक्रमणको चैन तोडन सफल भएको सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सुरक्षा सर्तकता बढाएसंगै आवत जावत रोकिने अपेक्षा गरिएको छ ।

सीमा क्षेत्रमा थप जनशक्ति थपेसंगै कञ्चनपुरका सशस्त्र प्रहरी प्रमुख समेत रहेका ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बीरसिह साहु आफै सीमा क्षेत्रमा नियमित अनुगमनमा हिडेका छन् । सीमा क्षेत्र अनुगमनमा पुगेका सशस्त्र प्रहरी उपरीक्षक शाहुले त्यहाँ खटिएका सशस्त्र प्रहरीलाई समाजिक दुरी कायम गर्दै कुनैपनि सजिव प्राणली प्रवेस र बर्हिगमनमा कडाईका साथ रोक लगाउन निर्देशन दिएका छन् । ‘हामीले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई पनि स्पष्ट निर्देशन दिईसकेका छौँ, ‘सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘मानिस मात्र होईन जनावर समेतलाई रोक्नुहोला ।’ सीमा क्षेत्रमा उच्च कडाईगरेसंगै स्थानीयले कोरोना संक्रमणबाट सुरक्षित हुने अपेक्षा गरेका छन् । सशस्त्र प्रहरीले कोरोना संक्रमणको चेन तोडेपछि सशस्त्र प्रहरीको चौतर्फि प्रसंसा गरिएको छ ।

ताजा समाचार

कञ्चनपुर प्रहरीको लापर्बाहीः दलितका समस्या टेर्नै मान्दैन प्रहरी प्रशासन

महेन्द्रनगर । गाडीले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै...

कञ्चनपुर प्रहरीको लापरवाहि दलितको समस्यालाई फिटिक्कै टेरदैन प्रहरी

महेन्द्रनगर । गाडिले कुल्चिएर बैङ्कका कर्मचारीले कुनै क्षर्तीपुर्ति नदिएको भन्दै एक स्थानीयले उपचार गर्न कठिन भएको जनाएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका –१० सुखासाल बस्दै...

दोधारा चाँदनीका गरिब तथा बिपन्नहरुलाई मतदाता परिचय पत्र बनाउन सघाउदै सामाजसेवी भिम कुमाल

दोधारा । सामाजसेवी तथा नेकपा माओबादीका नेता भिम कुमालले मतदाता परिचय पत्र बनाउन जिल्ला जाने गरिब तथा बिपन्न स्थानियहरुलाई मतदाता परिचय पत्र बनाउन सहयोग...

दोधारा चाँदनीमा नेपाल–भारत सिमा क्षेत्रमा सयुक्त गस्ती : कोरोना संक्रमण रोक्न एकजुट

दोधारा । दुवै देशको सिमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा...