ताजा

लोकप्रिय

प्रिती-युनिकोड

ताजा

लोकप्रिय

प्रिती-युनिकोड

२०७९ श्रावण २६, बिहीबार
गृहपृष्ठसमाजमहेन्द्रनगरमा कुकुर सहित छाडा चौपायाहरूलाई आहारा वितरण

महेन्द्रनगरमा कुकुर सहित छाडा चौपायाहरूलाई आहारा वितरण

डम्मर भट्ट । हेल्प नेपाल र सम्मी गौतमको र राजन भन्डारीको सहयोगमा महेन्द्रनगर बजारमा रहेका छाडा कुकुरहरू र छाडा चौपायालाई हप्ता दश दिन सम्म खाना खिलाउने हेल्प नेपालका अध्यक्ष तथा धुम्रपान  निशेधका अभियन्ता मदन चन्दले बताए ।

कुकुर र छाडा चौपायाहरू लामो समय सम्म लगडाउन हुँदा मानिसहर घरबाहीर ननिस्कीदाँ होटल , किराना , फलफुलका पसल नखुल्दा कुकुर र छाडा चौपायाहरू भोकभोकै मर्ने अबस्था आएकोले हामीले यो कार्य गरेको चन्दले बताए । अब हरेक दिन दिन यसरीनै हस्ता दश दिन सम्म यसरी नै हाम्रो कार्य चलिरहनेछ ।

मङगलबार महेन्द्रनगर बजारको सन्चार चोक , गल्लि नम्बर ५ , मदन चोक लगाएतका ठाउँहरू रहेका कुकुर र छाडा चौपायाला खान दिएको छ। कुकुरलाई दुध १० लिटर र पाउरोटी ज्ञछ पेकेट , छाडा चौपायाका लागि भात , रोटी लिएर आएका छन्न् हेल्प नेपालका सदस्यहरूले चन्दले बताउनुभो ।

‘हामीले लकडाउनका कारण मान्छेले भोगेको समस्या त बुझ्यौं तर जनावरलाई बुझेनौं किनकि उनीहरु बोल्न सक्दैनन्। भोक लाग्यो, तिर्खा लाग्यो भन्दैनन्। तर, कति कुरा महसुस गर्नसक्नु पर्छ,’ खाना खुवाउँदै गरेका चन्दले भने ।

नेपालमा पशुपक्षीलाई चाडपर्व विशेषमा पूजिने र लकडाउन जस्तो अवस्थामा तिनै पशुपक्षीका लागि खाना पानीको समेत व्यवस्था नगरिएकोमा दुस्ख व्यक्त गरे । ‘राज्यले आफ्नो ठाउँमा जीवित प्राणीको बारेमा सोच्दैन भने एक दिन पूजा गरेर के हुन्छ । उनले व्यक्तिगत् एवं संस्थागत् तवरमा भोका जनावरलाई खुवाउँदै हिँड्दा पनि दुर्व्यवहार भोग्नु परेको समेत बताए।

ताजा समाचार